Monday, October 12, 2015

माओवादीहरूलाई एकताबद्ध गर्ने नेकपा–माओवादीको निर्णय

काठमाडौँ, २५ असोज । नेकपा–माओवादीले एकीकृत नेकपा (माओवादी) सहित विभिन्न पार्टीमा विभक्त माओवादी पार्टीसँग एकताका लागि पहल गर्ने भएको छ ।

माओवादीको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्दै आइतवार अध्यक्ष मोहन वैद्यले क्रान्तिकारी कम्युनिस्टसँग एकता गर्नुपर्ने ऐतिहासिक आवश्यकता तथा पार्टीको दायित्वबारे बैठकमा गम्भीर छलफल भएको बताउनुभयो ।

माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवादलगायत पहिलेदेखि पार्टीले प्रस्तुत गर्दै आएकोे छबुँदे मान्यताका आधारमा एकता गर्न आवश्यक पहल तथा सम्बन्धित सबैलाई विशेष आह्वान गर्ने निर्णय लिइएको उहाँले बताउनुभयो ।

बैठकले नयाँ संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता तथा सङ्घीयतालगायत कतिपय विषय सकारात्मक देखिए पनि संविधानले श्रमजीवी वर्ग तथा उत्पीडित समुदायका हकहितको सुनिश्चितता गर्न नसकेको ठहर गरेको छ ।

नेपालको आन्तरिक मामिलामा भारतले गरेको हस्तक्षेप तथा अघोषित नाकाबन्दीको माओवादीले भत्सर्ना गरेको छ ।

पार्टीलाई माथिदेखि तलसम्म व्यवस्थित तथा सङ्गठित तुल्याउने, केन्द्रीय समितिमा लिइएका निर्णयको सम्प्रेषण एवम् कार्यान्वयनका लागि बैठक, प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने र जनवर्गीय सङ्गठन तथा मोर्चाका कामलाई व्यवस्थित बनाउने बैठकले निर्णय गरेको छ ।

भूकम्पपीडितप्रतिको सरकारी उपेक्षा तथा उदासीनताको विरोध र नयाँ संरचनाको नयाँ निर्माणका लागि सङ्घर्ष गर्ने, व्यवस्थापिका–संसद्को विघटन र संवादमार्फत राष्ट्रिय सहमति कायम गरी अग्रगामी राजनीतिक निकास निकाल्नुपर्ने माओवादीले माग गरेको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive