Sunday, October 11, 2015

ओलीलाई मतदान गर्न पुनः एमाओवादीको निर्देशन

काठमाडौँ, २४ असोज । एकीकृत नेकपा(माओवादी)ले नेकपा (एमाले) का तर्फबाट प्रधानमन्त्री पदका उम्ेमदवार केपी शर्मा ओलीलाई मतदान गर्न आफ्ना सभासद्लाई पुनः निर्देशन दिएको छ ।

आज बसेको एमाओवादी संसदीय दलको बैठकले मतदानमा पार्टीको निर्णय र चाहनालाई आत्मसात् गर्दै पार्टीले गरेको निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

संसदीय दलको बैठकमा संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले अवाञ्छित हल्ला र शङ्खाको पछाडि नलाग्न र पार्टी निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको सांसद दलजीत श्रीपाली विकले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष दाहालले पार्टीको निर्णयविरुद्ध जाने र निर्णय नमान्नेलाई कारबाही गर्न पार्टी नेतृत्व बाध्य हुनेसमेत बताउनुभएको थियो । शनिबार साँझ बसेको एमाओवादी संसदीय दलको बैठकले एमाले अध्यक्ष ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive