Monday, October 12, 2015

राष्ट्रपतिलाई प्रधानमन्त्री निर्वाचनबारे जानकारी

काठमाडौँ, २५ असोज । राष्ट्रपति डा रामवरण यादवलाई प्रधानमन्त्रीमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको सम्बन्धमा आइतवार साँझ सभामुख सुवास नेम्वाङले जानकारी गराउनुभएको छ ।

सभामुख नेम्वाङले संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसहित राष्ट्रपति भवन शीतल निवास पुगी आइतवारको व्यवस्थापिका–संसद्को बैठकमा भएको प्रधानमन्त्री निर्वाचनको प्रक्रिया र परिणामबारे जानकारी गराउँदै संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा मुलुक प्रवेश गरेको आफूले अवगत गराएको राससलाई बताउनुभयो ।

“निर्वाचनमा सबै दलको सहभागिताका कारण संविधान सबैले स्वीकारेको र यसको कार्यान्वयनका हिसाबले आजको दिन उल्लेखनीय र ऐतिहासिक रहेको मैले अवगत गराएँ, राष्ट्रपतिबाट खुसी व्यक्त भयो,” नेम्वाङले बताउनुभयो ।

आज शपथग्रहण
नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई राष्ट्रपति डा यादवले आज सोमबार दिउँसो १ बजे शीतल निवासमा शपथग्रहण गराउने कार्यक्रम तय भएको पनि नेम्वाङले जानकारी दिनुुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive