Thursday, October 15, 2015

सीमा क्षेत्रका अवरोध हटाउन भारतलाई पुनः आग्रह

काठमाडौँ, २७ असोज । सरकारले भारतसँगको सीमा क्षेत्रमा पछिल्लो समयमा उत्पन्न अवरोध तत्काल हटाउन आवश्यक सहयोगका लागि भारतसँग पुनः आग्रह गरेको छ ।

उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले आज नेपालका लागि भारतीय राजदूत रणजीत रायसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

भेटपछि रासससँग संक्षिप्त कुरा गर्दै उपप्रधानमन्त्री थापाले सिमानामा भएका अवरोध हटाउन भारत सरकारको सहयोगको अपेक्षा आफूले पुनः दोहो¥याएको बताउनुभयो ।

नेपाली जनताले राहत पाउने गरी सीमा क्षेत्रका व्यवधान अन्त्य गर्न स्थानीय एवम् केन्द्रीयस्तरमा दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा आफूले जोड दिएको उहाँले बताउनुभयो ।

यसैबीच, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री थापासँग नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले आज शिष्टाचार भेट गर्नुभयो । त्यसअवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive