Sunday, October 11, 2015

काँग्रेस नेता केसीको ‘विषय बहस र मेरो विचार’ लोकार्पण

काठमाडौँ, २४ असोज । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘विषय बहस र मेरो विचार’को पुस्तकको लोकार्पण गरिएको छ ।

सभामुख सुवास नेम्बाङले पुस्तकको लोकार्पण गर्दै यो पुस्तकबाट लेखक केसीका राजनीतिक अनुभव बुझ्न सकिने बताउनुभयो । उहाँले ९१ जना मधेसी सभासद्को समर्थनसहित कुल ८५ प्रतिशतले हस्ताक्षर गरेको संविधान अरू देशको भन्दा उत्कृष्ठ भएको दाबी गर्नुभयो । संविधानमा देखापरेका असन्तुष्टिलाई संविधान संशोधनमार्फत समेट्न सकिने भन्दै सभामुख नेम्बाङले सबै पार्टीको सहभागितामा सरकार गठन हुनु राष्ट्रिय आवश्यकता रहेकामा जोड दिनुभयो ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले केसीको पुस्तकमा नेपालको सुरक्षा, शिक्षा, मजदुर, नगरपालिकाका गतिविधि, वैदेशिक रोजगार, मधेस आन्दोलन सबैलाई समेटेको बताउनुभयो ।

लेखक केसीले आफूले संविधानसभा र विभिन्न बैठकमा राखेका धारणालाई विभिन्न पत्रपत्रिकामा छापिएका लेखलाई सङ्कलन गरी पुस्तक निकालेको बताउनुभयो । प्रा कृष्ण खनालले एक दशकको अवधिमा नेपालको राजनीतिक घटनाक्रमलाई पुस्तकबाट अध्ययन गर्नसकिने बताउनुभयो । अक्सफोर्ड इन्टरनेसन पब्लिकेसनले प्रकाशित गरेको सो पुस्तकभित्र छ भागमा ३८ वटा लेख सङ्ग्रहित छन् ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive