Sunday, October 11, 2015

सहज वातावरण बनाइदिन तमलोपालाई व्यवसायीको आग्रह

काठमाडौँ, २४ असोज । निजी क्षेत्रका प्रतिनिधिमूलक तीनवटा संस्थाले आज आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेटी बन्द हडताल फिर्ता लिई सहज वातावरण बनाइदिन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सको एक संयुक्त प्रतिनिधिमण्डलले तमलोपाको कार्यालय बिजुलीबजारमा पुगी अध्यक्ष ठाकुरलाई ज्ञापन बुझाएका हुन् ।

ज्ञापनमार्फत बन्द हडताल फिर्ता लिई वार्ताको माध्यमबाट समाधान खोज्न र जनजीवनलाई सहज बनाई नागरिकको गरिखाने अधिकार सुनिश्चित गरिदिन आग्रह गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले  जानकारी दिनुभयो ।

जवाफमा अध्यक्ष ठाकुरले समस्या समाधानतर्फ सरकारले बढी चासो देखाउनुपर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा पार्टीले निर्णय लिने बताउनुभएको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive