Wednesday, October 14, 2015

नाकाबन्दी गरे पनि नेपाली झुक्दैनन् –पूर्वप्रधानमन्त्री खनाल

भक्तपुर, २७ असोज । पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले जतिसुकै लामो नाकाबन्दी गरे पनि नेपाल र नेपालीलाई कुनै हालतमा झुकाउन नसक्ने बताउनुभएको छ ।

मंगलवार भक्तपुर नगरपालिका–११ भेलुखेलमा अमेरिकन, क्यानेडियन र फ्रान्सका नागरिकले भूकम्पपीडितका लागि बनाइदिएको ११ वटा अस्थायी आवास गृह तथा एउटा विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले नेपाल कसैसँग नझुक्ने उल्लेख गर्नु भयो ।

खनालले भन्नुभयो– “भारतले अब बुझे हुन्छ, हामी राष्ट्रियता, स्वाभिमान, सार्वभौमिकतामा कोहीसँग झुक्दैनाँै, नेपाल र नेपाली कोहीसँग पनि कहिले पनि झुक्दैनन, बरु जस्तोसुकै कठिनाइ भोग्न तयार छन् ।”

कार्यक्रममा सभासद् केदार सञ्जेल, एमाले केन्द्रीय सदस्य सोम मिश्रलगायतले सरकारले जनताको भावनालाई बुझेर नयाँ परिवर्तन गर्नुपर्ने औँल्याउनुभयो ।कार्यक्रममा भूकम्पपीडित ११ परिवारलाई अस्थायी टहरा हस्तान्तरण गर्नुका साथै अस्थायी टहरा निर्माण गरिदिने विदेशी नागरिकलाई अभिनन्दन गरिएको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive