Sunday, October 11, 2015

जर्मन नागरिकद्वारा विद्यालयलाई आर्थिक सहयोग

तनहुँ, २४ असोज । जर्मन नागरिक क्लाउस मेयर्सले तनहुँको एक विद्यालयको भवन निर्माणको लागि आर्थिक सहयोग गर्नुभएको छ ।

मेयर्सले जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ स्थित शुक्ला निम्न माध्यमिक विद्यालयको भवन निर्माणको लागि रु ५० हजार सहयोग गर्नुभएको हो ।

उक्त विद्यालयको भवन निर्माणका लागि लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको पहलमा उहाँले सहयोग गर्नुभएको हो । मेयर्सले उक्त रकम विद्यालयका प्रधानाध्यापक सूर्यकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त विद्यालयमा अध्ययनरत १० जना अपाङ्ग विद्यार्थीलाई रु १० हजार नगद तथा शैक्षिक सामग्रीसमेत वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कसिंह थापाले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive