Monday, October 12, 2015

प्रमुख दल एक ठाउँमा उभिनुपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको कार्यान्वयनका लागि प्रमुख राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।

व्यवस्थापिका–संसद्मा आइतवार प्रधानमन्त्रीको निर्वाचनपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहँुदै अध्यक्ष दाहालले संविधान कार्यान्वयन र अन्य ऐनकानुन परिमार्जनका लागि पनि प्रमुख राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने र एकै सरकारमा बसेर जुट्नुपर्ने बताउनुभयो । उहाँले त्यसकालागि आफू र आफ्नो दलले अन्तिम समयसम्म प्रयास गरेको जानकारी दिनुभयो । प्रधानमन्त्रीको निर्वाचनमा प्रमुख दलबीच विभाजनको स्थिति आएको बताउँदै उहाँले यतिखेर राष्ट्रिय मुद्दामा नेपाली काँग्रेसलगायत सबै राजनीतिक शक्ति मिलेर जानुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको जित सबै नेपालीका लागि विजयको कुरा भएको विचार व्यक्त गर्दै अध्यक्ष दाहालले बाँकी रहेका जनचाहना पूरा गर्न र आदिवासी÷जनजाति, मधेसीका मुद्दा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकको अहिलेको विषम परिस्थितिमा फेरि पनि प्रमुख राजनीतिक शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले आफने दलका तर्फबाट फेरि पनि राष्ट्रिय मुद्दामा सहमति बनाएर मुलुकलाई शान्ति, स्थिरता र विकासतिर लैजाने प्रतिज्ञा गर्नुभयो । अध्यक्ष दाहालले राष्ट्रपति र प्रधानमन्त्री पदमा हालसम्म आफ्नो दलको दाबी नरहेको बताउँदै नयाँ परिस्थितिमा भने नयाँ शिराबाट कुरा हुने जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीका लागि आज भएको निर्वाचनमा नेकपा (एमाले) अध्यक्ष एवम् संसदीय दलका नेता ओली ३३८ मत प्राप्त गरी प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री कोइरालाले २४९ मत प्राप्त गर्नुभएको थियो ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive