नयाँ सभामुख छान्ने प्रक्रिया आजदेखि, नेम्वाङले राजीनामा दिदै
काठमाडौं २७ असोज । नयाँ सभामुखको चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । व्यवस्थापिका–संसद्ले नयाँ सभामुखको चुनावी प्रक्रियाका लागि आज संसदको बैठक बस्दैछ । दिउँसो ३ बजेदेखि बस्ने संसद् बैठकअघि नै सभामुख सुवास नेम्वाङले पदबाट राजीनामा दिई मार्गप्रशस्त गर्नेछन् ।
संसद् बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान भएकाले नेम्वाङले समयमै राजीनामा दिन लागेको संसद् सचिवालयले जनायो ।
‘नयाँ सभामुखको निर्वाचन प्रक्रियाको कार्यसूची तयारी भइरहेको छ । संविधानको उक्त प्रावधानमा अधिवेशन आह्वान भएको २० दिनभित्र संसद्का सदस्यहरूले आफूमध्येबाट राजनीतिक सहमतिका आधारमा सभामुख र उपसभामुख एक–एकजना निर्वाचित गर्ने व्यवस्था छ ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पदबाट राजीनामा नदिई प्रक्रिया अघि बढाए पनि नेम्वाङले भने आफू पदमै बसेर नयाँ छान्ने प्रक्रिया असहज हुने भन्दै राजीनामा दिन लागेका हुन् । नेम्वाङले राजीनामा दिएपछि उपसभामुख ओनसरी घर्तीले कार्यवाहक सभामुखका रूपमा निर्वाचन गराउनेछिन् ।
0 comments:
Post a Comment