Wednesday, October 14, 2015

पाकिस्तानमा चार दाजुभाइसहित नौजनालाई मृत्युदण्ड

मुल्तान, २७ असोज । पाकिस्तानमा चार दाजुभाइसहित नौजना अपराधीलाई फाँसी दिइएको एक पाकिस्तानी कारागारका अधिकारीले बताएका छन् ।

मङ्गलबार सुनाइएको मृत्युदण्डको सजाय पाकिस्तानमा मृत्युदण्डको फैसला कार्यान्वयनमा लगाइएको रोक गतवर्ष तालिवान समूहबाट एक स्कुलमा आक्रमण गरी १५० मानिसको ज्यान लिएपछि उक्त घटनाका अभियुक्त उपर सुनाइएको मृत्युदण्डको फैसलापछिको २५५ औँ श्रृङ्खला हो । उक्त स्कुलमा भएको घटनाबाट ठूलो सङ्ख्यामा स्कुले बालबालिकाको हताहती भएको थियो ।

पाकिस्तानले मृत्युदण्डको सजायलाई वर्षौंलामो तालिवानी विद्रोहीका हिंसात्मक आक्रमणका अभियोगविरुद्ध पुनःस्थापित कानुनी सजाय भएको बताएको छ । तर यहाँका मानवअधिकारवादी समूहले भने धेरैजसो फाँसीका सजाय अपराधमा संलग्नमाथि गरिएको जनाएका छन् ।

काराबास अधिकारी खुराम इजाजले फाँसी सुनाइएका चारभाइसहित नौजना विभिन्न हत्या अभियोग लागेका अपराधी भएको जनाएका छन् । फाँसी दिइएका कोही पनि आतङ्कवादसम्बन्धी अभियोगी नभएको इजाजको दाबी छ । रासस÷एपी

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive