Wednesday, October 14, 2015

स्थानीयवासीद्वारा पदमार्ग निर्माण

म्याग्दी, २७ असोज । अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय रुटमा स्थानीयवासीले पदमार्ग निर्माण गरेका छन् ।

म्याग्दीको राम्चे गाविस–१ र २ नांगी र पर्वतको लोप्रे तथा डाँडाकटेरी गाउँका बासिन्दाले पदमार्ग निर्माण गरेका हुन् । डाँडाकटेरी र लोप्रेका बासिन्दाले श्रमदान गरेर घोप्टे खोलाको पुल र कोठीको डिल क्षेत्रमा पदमार्ग बनाएका हुन् ।

अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग व्यवस्थापन समितिका व्यवस्थापक चित्र तिलिजा पुनका अनुसार समितिको रु ३५ हजारको सहयोगमा स्थानीयवासीले रु ६० हजार बराबरको श्रमदान गरेर १६० मिटर लामो ढुङ्गे सिँढीसहितको व्यवस्थित पदमार्ग बनाएका हुन् ।

त्यसैगरी नांगी गाउँका करिब एक सय घरधुरीले हम्पालको डाँडादेखि मोहरेको बीचको अप्ठ्यारो ठाउँमा ५०० मिटरभन्दा बढी पदमार्ग बनाएका छन् । भिरालो, उकालो र साँघुरो ठाउँमा सिँढीसहितको बाटो बनेपछि पर्यटक र स्थानीयवासीलाई हिँड्डुल गर्न सुबिधा भएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive