Monday, October 12, 2015

ओलीलाई भट्टराईको बधाई

काठमाडौँ, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले टेलिफोन गरी बधाई दिनुभएको छ ।

नयाँ संविधान जारी भएपछि एमाओवादी र संसद् परित्याग गर्नुभएका डा भट्टराईले नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा गएराति उहाँको निवास बालकोटामा फोन गरी बधाईसहित कार्यकाल सफलताको कामना गर्नुुभएको अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

यसैगरी ओलीलाई बधाई दिन उहाँको निवास बालकोटमा घुइँचो लागेको छ । गएराति नै सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी, विभिन्न सचिवहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलगायत अधिकारीले ओलीलाई बधाई दिइसक्नुभएको छ । ओलीले आज सपथ लिनुहुनेछ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive