दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणका रिटमात्र सुनुवाइ
काठमाडौँ, २५ असोज । सर्वोच्च अदालतले विजया दशमी –२०७२ को उपलक्ष्यमा घटस्थापनाका दिनदेखि आगामी कात्तिक ९ गते कोजाग्रत पूर्णिमासम्म सार्वजनिक बिदाका अवधिमा बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने भएको छ ।
अदालतले आइतवार प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक बिदा भएर अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा २३ बमोजिम उल्लेखित अवधिमा बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने भएको हो ।
अदालतको यही असोज २० गतेको पूर्ण बैठकका अनुसार घटस्थापना, विजया दशमी, कोजाग्रत पूर्णिमा र शनिबारका दिनबाहेक अरू दिन विहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालतमा इजलास खुल्ला रहने र सो अवधिमा बन्दीका रिटमा सुनुवाइ हुने विज्ञप्तिमा उल्लेख छ ।
0 comments:
Post a Comment