Monday, October 12, 2015

ठाकुरद्वारामा कात्तिक १ देखि हात्ती महोत्सव

बर्दिया, २५ असोज । दसैँको अवसरमा बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा हात्ती महोत्सव हुने भएको छ ।

प्रत्येक वर्ष हात्तीबाट सुँगुर कुल्चाउने प्रथाको अन्त्य गरी स्थानीय संस्कृतिलाई पर्यापर्यटनमार्फत जैविक विविधताको प्रचारप्रसार र संरक्षण गर्दै स्थानीयवासीको जीविकोपार्जनमा टेवा पु¥याउन हात्तीसार मैदानमा महोत्सवको आयोजना गर्न थालिएको हो ।

कात्तिक १ र २ गते दुई दिनसम्म चल्ने महोत्सवमा हात्ती फुटबल प्रतियोगिता, कर्णाली नदीमा पुरुष तथा महिला पौडी प्रतियोगिता, स्थानीय थारु नृत्य, परिकारसहितका विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजक चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका संयोजक हेमन्त आचार्यले बताउनुभयो । स्थानीय उत्पादन र संरक्षणसम्बन्धी कक्षसमेत महोत्सवमा राखिनेछ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive