Sunday, October 11, 2015

विषादी खाना खाँदा दुई दर्जन सिकिस्त

सप्तरी, २४ असोज । सप्तरीको राजविराज– ४ स्थित रहेको मदरसामा बनाइएको खानेकुरामा विषादी पर्दा दुई दर्जन बच्चा सिकिस्त बिरामी परेका छन् ।

गएराति होस्टलमा बसेका बच्चाका लागि तयार पारिएको खानामा माथिबाट छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाने बेलामा यो कुरा थाहा नपाउँदा सो खानाले होस्टेलमा बसेका करिब दुई दर्जन बच्चा सिकिस्त बिरामी परेको बताइएको छ ।

सिकिस्त परेकाहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Popular Posts

Categories

Blog Archive