Monday, October 12, 2015

प्रधानमन्त्री निवासमा प्रचण्डसहितका नेताहरुको भेटवार्ता

भक्तपुर, २५ असोज । भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओली निवासमा आज नेकपा (एमाले)का नेताहरु र एमाओवादीका नेताहरुबीच सरकार गठनबारे छलफल भएको छ ।

सरकार गठनबारे प्रधानमन्त्री ओली, एमालेका नेताहरु माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिव वर्षमान पुनबीच छलफल भएको हो ।

करिब आधा घन्टासम्म चलेको छलफलमा मन्त्रालय बाँडफाँडबारे कुरा भएको ओलीका स्वकीय सचिवालयले जानकारी दिएको छ । आजै सभासद् विश्वेन्द्र पासवानले समेत प्रधानमन्त्री ओलीसँग निवासमै आएर छलफल गर्नुभएको छ ।

0 comments:

Post a Comment

!!!!!!!!!!

Categories

Blog Archive