एमाले उम्मेदवारलाई सहयोग गर्ने एमाओवादी संसदीय दलको निर्णय
काठमाडौँ, २३ असोज । एकीकृत नेकपा (माओवादी) संसदीय दलको बैठकले नेकपा (एमाले) का उम्मेदवारलाई प्रधानमन्त्रीमा विजयी गराउन सहयोग गर्ने भएको छ ।
सो दलको आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सर्तसहित एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
संसदीय दलको बैठकले एमाले उम्मेदवारलाई सर्वसम्मत रूपमा सहयोग गर्ने निर्णय गरेको सांसद अमनलाल मोदीले राससलाई जानकारी दिनुभयो ।
“संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एमालेका उम्मेदवार केपी ओलीलाई समर्थन गर्न राखेको प्रस्तावलाई सबै सदस्यले समर्थन जनाएर अनुमोदन भएको छ, यसअघि संविधान जारी गर्ने सन्दर्भमा भएको १६ बुँदे भद्र सहमतिको जग तथा सरकार गठनका लागि १४ बुँदे सर्तसहित पार्टीले समर्थन गरेको हो”– उहाँले भन्नुभयो ।यसअघि, आजै बसेको एमाओवादी पदाधिकारी बैठकले एमालेका उम्मेदवारलाई सर्तसहित सहयोग गर्ने निर्णय गरेको थियो ।
0 comments:
Post a Comment